झापा,१५ भदौ । नेपालमा थप ८९९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३०३ महिला र ५९६ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३९ हजार ४६० पुगेको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९०, ललितपुरका ६७, भक्तपुरका ४१, ओखलढुङगााका १, खोटाङका १, झापाका ५, मोरङका १९, संखुवासभाका ९, सुनसरीका २५, धनुषाका ३१, पर्साका ३४, बाराका २३, महोत्तरीका ६, रौतहटका १, सप्तरीका २२, सर्लाहीका १०३, सिराहाका ५, काभ्रेका १३, चितवनका ७१, दोलखाका २, धादिङका १, मकवानपुरका ४२, रामेछापका २, सिन्धुपाल्चोकका १, सिन्धुलीका ७, कास्कीका ३, गोर्खाका १३, तनहुँका २६, नवलपरासीका ७, लमजुङका २, बागलुङका ४, अर्घाखाँचीका २, कपिलवस्तुका १, पाल्पाका १, वर्दियाका २, बाँकेका १४, रुपन्देहीका ११, जुम्लाका १, सुर्खेतका ३८, अछामका २३, कञ्चनपुरका ७, कैलालीका १६, डोटीका १, बझाङका १ तथा बैतडीका २ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ५८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २१ हजार ४१० पुगेको छ ।

