adv

झापाका थप ४ जना स्थानिय बासिन्दामा कोरोना पुष्टि

झापा , १५ भदौ । झापामा आज सोमबार थप ४ जनामा कोरोना संक्रम पुष्टि भएको छ । संक्रमित हुनेहरु कोरोना संक्रमणको हटस्पट बन्दै गएको झापाको कमल गाउँपालिकामा समुदायका थप चार जना रहेका छन्  । जसमा दुई पुरुष र दुई महिला रहेका छन् ।

गाउँपालिका अध्यक्ष मेनुका काफलेका अनुसार वडा नं ३ र वडा नं ५ का एक–एक पुरुष र वडा नं ६ का दुई महिलामा संक्रमण पुष्टि भएको हो । वडा नं ३ मा मात्र समुदायमा संक्रमण देखिएकोमा वडा नं ५ र ६ मा पनि त्यो फैलिदै गएको उनले बताइन् ।

योसंगै कमल गाउँपालिकामा हालसम्म २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १९ जना समुदायका रहेका छन् ।कमलमा कोरोनाकै कारण एकजनाको मृत्यु भइसकेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु