adv

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण

Hi
झापा,१५ भदौ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो ।

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि झाडापखाला भएको र आज(सोमबार)देखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

शनिबार साझदेखि मन्त्री निवासमै रहेका छन् । हाल मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु