adv

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीमा कोरोना संक्रमण

काठमाडौँ,१५ भदौ । वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रिजाल दम्पती अहिले उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना भएका छन् । शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि उनीहरु ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

उनले भने, ‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो । हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौँ ।’

सुरुको दिनमा डा. रिजाललाई हल्का ज्वरो आएको भए पनि हाल कुनै लक्षण नदेखिएको उनले बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु