adv

मेचीनगरका कुल १०९ संक्रमितमध्ये १०२ जना कोरोनाबाट निको भए


मेचीनगर, १६ भदौ
। झापाको मेचीनगरका १०२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

कुल मेचीनगरका एक  सय ९ संक्रमितमध्ये १०२ जना कोभिड अस्पतालबाट कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

मङ्गलबार सुनसरीको गोठगाउँ र धाइजनको आइसोलेसन वार्डबाट २/२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

गोठगाउँको कोभिड अस्पतालबाट निको भएका २ जना काँकरभिट्टाका सशस्त्र प्रहरी हुन् ।

यसअघि कोरोना संक्रमित ३२ जना सशस्त्र प्रहरी थिए । योसँगै ३२ जनै सशस्त्र प्रहरी कोरोना जितेर घर फर्किएका छन् ।

कोभिड अस्पतालमा अब मेचीनगरका ७ जना उपचारमा रहेको बताइएको छ ।

मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक नविन बरालका अनुसार आज निको भएका ४ सहित हालसम्म मेचीनगरका १०२ जना संक्रमितहरु कोरोनाबाट निको भएर घर फर्किएका छन्  ।

चारदिन अघि होटल क्वारेन्टिन, होम क्वारेटाइनसहित ६५ जनाको स्वाबको नमुना संकलन गरिएको थियो । उनीहरुको आज रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु