
दमक, १६ भदौ । झापाको दमकमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दमक नगरपालिकाको क्वारेन्टाइन ब्यवस्थापन समिति सचिव कुवेर भट्टराईका अनुसार यसअघि संक्रमण देखिएकाहरुको कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
जम्मा ११६ जनाको स्वाब परीक्षणका लागि पठाईएकोमा नौ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज थपिएका संगै दमकमा कुल संक्रमितको संख्या १०६ पुगेको छ । जस मध्ये हिँजो सम्ममा ५२ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् ।

