adv

सुनको भाउ तोलामा १२ सयले घट्यो

काठमाडौँ ,१७ भदौ । सुनको मूल्य बुधबार घटेको छ। छापावाला सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरेहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ९८ हजार चार सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार नौ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु