काठमाडौं । नेपाल आयल निगमले लिटरमा २ रुपैयाँ मूल्य बढाएसँगै पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । मंगलबार मध्यरातपछि लागू हुनेगरि पेट्रोलको मूल्य बढाएको हो ।
निगमले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्य पेट्रोलियम पदार्थ, ग्यास, डिजेल लगायतको मूल्य भने यथावत राखेको जनाएको छ । निगमले निषेधाज्ञा भारतबाट मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढाउने निर्णय भएको छ । मूल्य समायोजन भए पनि नेपाल तर्फ भने प्रति लिटर सस्तो रहेको निगमले जनाएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, हाल मूल्य समायोजन भए पश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर रू. ३२.२६ र डिजेल प्रति लिटर ३६.७५ ले नेपाल तर्फ सस्तो रहेको सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।

