adv
Advertise Expired !

प्रदेश न: १ स्तरीय बक्तृत्वकला प्रतियोगिता २०७७ हुने

झापा,१७ भदौ । राष्ट्रिय बालदिवसको अवसरमा  प्रदेश न: १ स्तरीय  बक्तृत्वकला प्रतियोगिता २०७७ हुने भएको छ ।

बिगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था मानब अधिकार मन्च नेपाल,ईलामको आयोजनामा बाल संरक्षाणका लागि ऐक्यवद्धता परियाेजनाका लागि साझेदारी गरिरहेका सबैजिल्लाका साझेदार संस्थाहरूसंगकाे सहकार्यमा ‘कोरोना भाइरसले बालबालिकामा पारेको असर र सरोकारवालाहरुको भूमिका” शिर्षकमा यहि भदौ २९ गते सोमबार उक्त प्रतियोगिता हुने भएको हो ।

मन्चका बालबालिकासम्बन्धि कार्यक्रम संयोजक रुद्र थेबेका अनुसार कोरोना भाइरसलाई मध्यनजर गर्दै प्रतियोगिता अनलाइन “जुम”को माध्यमबाट हुनेछ। उनका अनुसार कार्यक्रम दुइ चरणमा हुनेछ । पहिलो चरणमा प्रदेश न : १ को १४ वटै जिल्लामा जिल्लास्तरीय प्रतियोगिता संचालन हुनेछ। दोश्रो चरणमा १४ वटै जिल्लामा प्रथम भएका प्रतियोगीहरु प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुनेछन ।

“विपदमा बाल अधिकारकाे सुनिश्चितता : हामी सबैकाे साझा प्रतिवद्धता ” भन्रे मुल नाराकासाथ  कोरोना भाइरसको महामारीमा लामाे समयदेखि बालबालिकाहरू विद्यालय जान पाइरहेका छैनन् र कुनैपनि क्रियाकलापमा सहभागिहुन पनि नपाइरहेकाे याे अवस्थामा याे बर्ष बालबालिकाहरूलाइ प्रविधिकाे सिकाई , प्रयाेग सगैं प्रतिभा प्रस्फुटन गराउने  उदेश्यले साझेदार संस्थाहरू संगकाे सहकार्यमा (प्रदेश नं. १ स्तरिय बक्तृत्वकला प्रतियाेगिता ) आयोजना  गरिएकाे हो ।

जिल्लास्तरीय प्रतियोगी बालबालिकाहरुले  निम्न दायरामा रहेर भाग लिन पाउनेछन्

    १) १८ बर्ष ननाघेकोहुनु पर्ने छ। (जन्मदर्ता )
२) जसनसुकै कक्षामा अध्ययन गरिरेकाले सहभागिहुन सक्नेछन्।
३) विद्यालय छोडेर बसेका समुदाय स्तरका बालबालिकाले पनि सहभागि हुन पाउनेछन्।
४) आफ्नो विचार राख्दा नेपालि भाषामा राख्नु पर्ने छ ।
५) बालबालिका प्रदेश नं. १ को हुनु पर्ने छ ।
६) जिल्ल स्तरको प्रतियोगिताबाट जिल्ला प्रथम प्रदेशस्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन ।
७) प्रतियोगितामा सहभागि हुन चाहने प्रतियोगिले प्रतियोगितामा सहभागि हुँदा लाग्ने खर्च आफैं व्यवहोर्नु पर्ने छ ।

किन्डरमिसनरेक जर्मनीको सहयाेगमा आयोजित उक्त प्रतियोगिताको जिल्लास्तरीय बिजेताहरुले  प्रथम पुरस्कार ,नगद रु. १,५००।–,दोस्रो पुरस्कारः नगद रु. १,००० ।–,तेस्रो पुरस्कारः नगद रु ५००।– प्राप्त गर्नेछन् र प्रथम हुनेले प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

यस्तैगरी प्रदेश स्तरीय बिजेताले प्रथम पुरस्कार नगद रु. १५,०००।– प्रमाण पत्र,दोस्रो पुरस्कार नगद रु. १०,००० ।– प्रमाण पत्र,तेस्रो पुरस्कार नगद रु ५,०००।– प्रमाण र प्रतियोगिले सबैलाई सहभागि प्रमाणपत्र प्राप्त गर्नेछन ।

मानब अधिकार मन्च नेपाल,ईलाम मानब अधिकार तथा  बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था भएको कारण विगतमा प्रत्यक्ष  रुपमा
बालबालिकाहरुसंग र बालबालिको सवालमा सरकार र सरोकारवालाहरुसंग सहकार्यगरि विभिन्न क्रियाकलापहरु गर्दै आइरहेका छ  ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु