adv

नेपालमा थप ११ सय २० जना कोरोना संक्रमित थपिए,११ सय १२ जना निको भए

झापा,१७ भदौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार एक सय २० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३५०, ललितपुरका २९ , भक्तपुरका ९, उदयपुरका १, ओखलढुङ्गाका २, खोटाङका १, झापाका ११, धनकुटाका २, पाँचथरका १, भोजपुरका ३, मोरङका ५३, सुनसरीका ७२, धनुषाका ६३, पर्साका ४९, बाराका २३, महोत्तरीका ३१, रौतहटका १८, सप्तरीका १२, सर्लाहीका ५०, सिराहाका १५, काभ्रेका १, चितवनका ४३, धादिङका २, नुवाकोटका १, मकवानपुरका ३३, रामेछापका २, सिन्धुपाल्चोकका २, सिन्धुलीका १, कास्कीका २४, गोर्खाका १, तनहुँका ४, नवलपरासीपुर्वमा १६, पर्वतका १, लमजुङका १९, स्याङजाका १, अर्घाखाँचीका १, दाङका ६, नवलपरासीका ३, पाल्पाका १, प्युठानका २, वर्दियाका ५, बाँकेका ४१, रुपन्देहीका २७, रोल्पाका १, कालिकोटका २१, जुम्लाका ३७, दैलेखका १, डढेलधुराका १, अछामका १, कञ्चनपुरका ३, कैलालीका १३, बझाङका ९ तथा बैतडीका १ जना संक्रमित थपिएका हुन्।

यस्तै गएको २४ घण्टामा एक हजार एक सय १२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २३ हजार दुई सय ९० पुगेको छ ।

अब नेपालमा १८ हजार एक सय आठ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार सात सय ६६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ५१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु