adv

झापामा घाँटी काटिएको अवस्थामा एक शव फेला,‘ट्रयाकर डग’को मद्दतबाट हत्यारा खोज्दै प्रहरी

झापा, १७ भदौ । झापाको  शिवसताक्षी नगरपालिकामा एक पुरुषको शव भेटिएको छ ।

नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा घाँटी काटिएको अवस्थामा स्थानीय २८ वर्षीय गोमान मगरको शव भेटिएको हो ।

 मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए  । उनका अनुसार मगर वैदेशिक रोजगकारीका लागि बहराइन गएर केही महिनाअघि फर्किएका थिए ।

स्रोतका अनुसार मगर एक जना साथीले बोलाएपछि मंगलबार साँझ साढे ६ बजे घरबाट निस्किएका थिए । प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल पनि बरामद गरेको छ । त्यसैले दुवै जना मोटरसाइकलमा त्यहाँसम्म पुगेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

अहिले अनुसन्धानका लागि प्रहरीले संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट ‘लैला’ नामको ‘ट्रयाकर डग’  घटनास्थलमा ल्याएको छ भने अनुसन्धानमा सहयोगका लागि १ नं. प्रदेश प्रहरी कार्यालयबाट पनि एउटा टोली शिवसताक्षीमा छ ।

उक्त डग प्रदेश नं. १ का थुप्रै जटिल अपराधिक घटनाको अनुसन्धानमा सघाउने काबिल कुकुर मानिन्छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु