adv

हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

धनगढी,१७ भदौ । अछाममा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

साँफेवगर नगरपालिका वडा नम्वर १३ बाब्लामा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा ५२ वर्षीय दिपक कुँवरलाई पक्राउ गरिएको हो। उनलाई ४६ वर्षीया धनादेवी कुँवरको हत्या गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

घरायसी विवादका कारण गोठालो गएका बेला हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु