झापा १८ भदौ । झापामा आज बिहिबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार संक्रमितहरु कमल गांऊपालिकाका वडा न: ३ का २ महिला र ४ पुरूष, विर्तामोड वडा न: ५ का ४ महिला र १ पुरूष र अर्जुनधारा वडा न ८ का १ पुरूष रहेका छन् ।
संक्रमितहरू कमल र बिर्तामोडका स्थानिय वासिन्दा हुन् भने अर्जुनधाराका भारतबाट आएका हुन् ।
योसंगै झापामा कोरोना संक्रमितको संख्या ६१५ पुगेको छ ।

