adv
adv

नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो,आज थपिएका जिल्लागत विवरण

झापा,१८ भदौ । नेपालमा बिहिबार ३९४ महिला र ८३४ पुरुष गरी थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमित हुनेको संख्या ४२ हजार ८७७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३५७, ललितपुरका ४६, भक्तपुरका ४२, उदयपुरका २, ओखढुङगाका ७, झापाका १२, तेह्रथुमका २, धनकुटाका ३, मोरङका ४६, संखुवासभाका ६, सुनसरीका २७, धनुषाका ६४, पर्साका ६५, बाराका ७१, महोत्तरीका २०, रौतहटका २९, सप्तरीका १, सर्लाहीका १०९, काभ्रेका ७, चितवनका ५६, दोलखाका ५, धादिङका ३, नुवाकोटका ४, मकवानपुरका २२, रामेछापका १, सिन्धुपाल्चोकका ३, कास्कीका ३१, गोर्खाका ५, तनहुँका ३, नवलपरासीपुर्वका ६, लमजुङका ९, बागलुङका १, कपिलवस्तुका ११, गुल्मीका १०, दाङका ४, नवलपरासीका ९, पाल्पाका २, प्युठानका २, वर्दियाका ५, बाँकेका ८, रुपन्देहीका ५२, कालिकोटका २, जाजरकोटका १, दैलेखका ६, सल्यानका २, सुर्खेतका ७, अछामका ६, कञ्चनपुरका ३, कैलालीका १५, डोटीका ४, दार्चुलाका २, बझाङका १० तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो। देशभर १८ हजार ४१३ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ९१७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको संख्या २४ हजार २०७ पुगेको छ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु