adv

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुग्यो,आज थप ६ को मृत्यु

 झापा,१८ भदौ । नेपालमा पछिल्लो २४ मा थप ६ जनाकाे कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र दुई पुरुष रहेका छन्।

चितवनमा ४० वर्षीया महिला, भक्तपुरमा ४० वर्षीया महिला, तनहुँमा ९२ वर्षीया महिला, रुपन्देहीमा ७७ वर्षीया महिला र ६५ वर्षीया पुरुष र सिन्धुपाल्चोकमा ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५७ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु