विर्तामाेड । विश्वका अधिकांश मुलुकहरू यतिबेला काेराेना भाइरसकाे महामारीका कारण लकडाउनकाे समस्या झेलिरहेकाे छ । याे समस्याबाट नेपाल पनि अछुताे रहन सकेन् । पहिलाे चरणकाे लकडाउन ‘बन्दाबन्दी’ औपचारिक रूपमा खुलेकाे घाेषणा भए पनि नेपालमा काेराेना संक्रमणकाे संख्या दिनप्रतिदिन बढिरहेकाे अवस्थामा स्थानीय तहकाे सिफारिसमा जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर निशेधाज्ञा जारी गरिरहेकाे छ ।

लकडाउनको मार खेपेर अन्य व्यवसाय धारासायी भएको समयमा पनि अनलाइन सपिङको ब्यापार भने फस्टाएको छ । काठमाडौं उपत्यकामा मात्रै चलेको यो व्यवसाय पछिल्लो समय उपत्यका बाहिरका सहरमा पनि सन्चालनमा गर्न सकिन्छ भन्ने एउटा उदाहरण पनि बनेकाे छ सानाेहाट । कोरोना कहर र लकडाउनकाबीच किनमेलका लागि बाहिर निस्कन असहज भएका बेला आम उपभोक्ताका लागि यस्ता अनलाइन सपिङ कम्पनीहरु नै सहयोगी सिद्ध भए । लकडाउनले अन्य व्यापार खुम्चियो तर अनलाइन सपिङ भने फस्टायो ।

यहि लकडाउनकाे समयमा हाेस् या अन्य बजार खुलेकाे समयमा पनि यतिबेला घरमा नै बसेर बाहिरकाे खानेकुरा अडर गर्ने अनि परिवारसँगै बसेर खाने चलन बढिरहेकाे छ । अडर गर्नु परे विर्तामाेड आसपासमा सबैकाे मुखमा यतिबेला सानाेहाट शब्द झुन्डिने गरेकाे पाइन्छ । सानाेहाटले आफ्नाे ग्राहककाे सन्तुष्टीका लागि सबै प्रकारकाे खाद्यान्नहरूकाे स्टाेर जाेडिदिएका छन् ।

बिर्तामोडमा ‘सानो हाट’सन्चालन गरिरहेका तीन युवा व्यवसायीको अनुभवबाट पनि यो व्यवसायको बारे बुझ्न सहज हुनेछ । सानो हाट त्रीलोक कर्ण, सुजन राई, पवन शाह र अक्षाेभ शाक्य ४ जनाले सञ्चालन गरिरहेका छन् । विर्ताेमाेड क्षेत्रमा मात्र दैनिकी अनलाइन डिमाण्ड अनुसार ग्राहकलाई ग्रोसरी, बेकरी, पेय लगायत आवश्यक सामग्री पुर्याउनका लागि ४ जनाले सेवा दिरहेकाे छ । उनीहरुको भनाइमा ‘अनडिमान्ड डेलिभरी हाइपर लोकल ईकमर्श’ प्लेटफर्म हो सानो हाट ।
सेवा सुरु गरेको केही समयमा नै सानो हाटप्रति आमग्राहक आकर्षित भएका छन् । यहि सफलता र ग्राहककाे मायाले यी युवाहरूलाई विर्तामाेडमा मात्र सिमित रहन दिएन् । त्यसेले चाडै अब इटहरि र काठमाडाैंमा सेवा विस्तार गर्ने सबै तयारी पुरा भएकाे एक सञ्चालक सुजन राई बताउछन् । राईले भने– हामि पूर्वकाे केन्द्र मानिने इटहरीमा यहि सेप्टेम्बर ९ देखि सानाेहाटकाे सेवा सुरू गर्दैछाै ।

विर्तामोड वरिपरि स्थानीयहरुलाई अनलाइन अर्डर गरेकै भरमा एक घण्टाभित्र सामान उपलव्ध गराउन सक्नु आफैमा सानो हाटको फरक पहिचान हो भने यो सेवाबाट प्रफुल्ल सेवाग्राहीको विश्वास यति चाँडै जित्न सक्नु सफलता पनि । गत असार ७ गतेबाट सेवा सुचारू गरेकाे सानाेहाट बिर्तामोडका ३० वटा भन्दा धेरै फूडस्टोर र रेस्टुरेन्टहरु, डिपार्टमेन्टस्टाेर, सँग जोडिएर काम गरिरहेकाे छ ।
www.sanohaat.com वेब एप्लिकेसनबाट खाद्य वस्तुहरुको डेलिभरीका लागि अर्डर लिइरहेकाे छ भने सानोहाटले ग्राहकको सुबिधालाई मध्यनजर गर्दै अबकाे केहि दिनमा नै मोबाइल एप्लिकेसन पनि सार्वजनिक गर्ने सानाेहाटले हरप्रहरन्यूज डटकमलाई बताएका छन् । । यतिबेला भने ग्राहकले आवश्यक परेको खाद्य र अन्य सामग्रीको लागि सानो हाटको वेब एप्लिकेसन वा ९८२४९४९८३० नम्बरमा सम्पर्क गरेर अर्डर गर्न सकिने छ ।

