adv
Advertise Expired !

मेचीनगरमा १ सुरक्षाकर्मी सहित ४ जनामा काेराेना संक्रमण

काकरभिट्टा, १९ भदौ । झापाकाे मेचीनगर नगरपालिकामा आज एक जना सुरक्षाकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

भदौ १६ गते स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि धरानस्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएकाे थियाे । आज प्राप्त रिपाेर्ट अनुसार ४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे मेचीनगर सामाजिक बिकास समितिका संयोजक नविन बरालले बताए ।

कोरोना संक्रमण पुष्टि हुनेमा काकरभिट्टा स्थीत पुर्वी सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरीका एक जना, धुलाबारी स्थीत अतिथि सदन क्वारेन्टाईनका दुई जना र धुलाबारीकै पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठान टाउन हल क्वारेन्टाईनमा बसेका एक जना रहेको बरालले बताए ।

आज संक्रमित भएकाहरुलाई मेचीनगर ११ स्थीत धाइजन स्वास्थ्य चौकीको आइशोलेशन सेन्टरमा राखिने बरालले बताए । आज पुष्टी भएका सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १ सय १६ जना पुगेको छ । त्यसमध्ये शसस्त्र प्रहरी मात्र ३३ जना रहेका छन् । मेचीनगर १ सय १६ संक्रमित मध्ये १ सय ४ जना निकाे भएर घर फर्किसकेका छन् ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु