adv

काेराेनाकाे कारण नेपालमा एकैदिन १४ जनाको मृत्यु

झापा,१९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र १० जना पुरुष रहेका छन्।

काठमाडौँमा ८२, ६७ र २२ वर्षीया महिला, चितवनमा ३५ वर्षीया महिला, सप्तरीका ५५–५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, कास्कीका ३१ वर्षीय पुरुष, नवलपरासीका ३७ वर्षीय पुरुष, प्यूठानका ५८ वर्षीय पुरुष, रुपन्देहीका ७८ वर्षीय पुरुष, पाल्पाका ६३ वर्षीय पुरुष र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु