झापा, १९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ५४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजाजर ५ सय ६१ पुगेकाे छ।

