
झापा,१९ भदौ । राष्ट्रिय बाल दिवस २०७७ काे अवसरमा जिल्ला स्तरीय अनलाईन वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ । “काेराेना भाईरसले बालबालिकामा पारेकाे असर र सराेकारवालाकाे भुमिका” विषयक अनलाईन वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएको हाे ।
बिगत लामो समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था महिला जनचेतना केन्द्रको आयोजना तथा मानव अधिकार मञ्च, नेपाल ईलामकाे सहयाेगमा आज शुक्रबार जुम् मार्फत उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा झापा जिल्ला भरिका २४ जना बालबालिकाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा मेचीनगर नगरपालिकाकी एलिशा ढुंगेल प्रथम भएकी छिन् । त्यस्तै दोश्रो मुना कार्की र तृतीय बिकल्प अधिकारी भएको कार्यक्रम संयोजक मणिकुमार लिम्बुले बताए ।
प्रतियोगिताको निर्णायकहरुमा नेपाल प्रज्ञा प्रस्तिठानका सदस्य सुभद्रा अर्याल,जिल्ला स्काउटका आयुक्त भुवन सुब्बा र बाल अधिकारकर्मी कमल चापागाईं रहेका थिए ।प्रथम भए संगै एलिशाले अब यहि भदौ २९ गते सम्पन्न हुने प्रदेश स्तरीय बतृत्वकला प्रतियाेगिता सहभागी हुन पाउने छिन् ।

“विपदमा बाल अधिकारकाे सुनिश्चितता : हामी सबैकाे साझा प्रतिवद्धता ” भन्रे मुल नाराका साथ यो वर्ष मानब अधिकार मन्च नेपाल,ईलामले बाल संरक्षाणका लागि ऐक्यवद्धता परियाेजनाका लागि साझेदारी गरिरहेका सबैजिल्लाका साझेदार संस्थाहरूसंगकाे सहकार्यमा ‘कोरोना भाइरसले बालबालिकामा पारेको असर र सरोकारवालाहरुको भूमिका” शिर्षकमा यहि भदौ २९ गते सोमबार उक्त प्रतियोगिताको आयोजना गरेको छ ।
कोरोना भाइरसलाइ मध्यनजर गर्दै १४ वटै जिल्लाबाट प्रथम भएका बालबालिकालाई जुम मार्फत नै प्रतियोगितामा सहभागिता गराइने आयोजकले जनाएको छ ।

