adv

मेस्सी बार्सिलोनामै रहने

काठमाडौ । बार्सिलोनाका कप्तान तथा सर्वाधिक गोलकर्ता लियोनल मेस्सी अन्तत बार्सिलोनामै रहने भएका छन् ।

उनले बार्सिलोना छोड्ने भनेर क्लबलाई सूचना दिएको १० दिनपछि  आफ्नो निर्णय फेरेका हुन् ।


पहिले क्लबलाई दिएको सूचनामा उनले आफूले अनुबन्ध अनुसार विना कुनै मूल्य क्लब छाड्ने बुँदा उपयोग गर्न चाहेको बताएका थिए । तर बार्सिलोनाले भने ७० करोड युरो तिरेपछि मात्र क्लब छाड्न पाउने बताएको थियो । क्लब छाड्ने निर्णय सुनाउँदै मेसीले आफू बार्सिलोनामा खुसी नरहेको र क्लबको व्यवस्थापनलाई लिएर गुनासो रहेको बताएका थिए । तर अहिले उनले आफ्नो निर्णय फेर्नु पछाडि कानुनी झमेलमा फस्न नचाहनु रहेको बताइएको छ ।

बार्सिलोनाले गरेको कोरोना भाइरस परिक्षण र त्यसपछि सुरु भएको टिमको अभ्यास सत्रमा पनि मेसी सहभागी भएका थिएनन् । तर स्पेनी मिडियाका अनुसार मेसीले आफू कानुनी रूपमा कमजोर हुन सक्ने बुझेपछि बार्सिलोनामै रहने निर्णय गरेका हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु