adv

शुरुवाती कोठा नेपालको प्रथम बार्षिक साधारण सम्पन्न,अध्यक्षमा दिपक दास

बिर्तामोड । शुरुवाती कोठा नेपाल ( start up room Nepal) गैर सरकारी सस्थाको प्रथम बार्षिक साधारण सम्पन्न भएको छ ।
शनिबार बिर्तामोडको आदर्श कलेज अफ म्यानेजमेन्टको सभाहलमा सम्पन्न साधारण सभाले ११ सदस्यीय नयाँ कार्यसमिति  चयन गरेको हो ।
सस्थाले दिपक दासको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेकाे छ । त्यस्तै उपाध्यक्षमा प्रमिला बजगाई, सचिबमा रन्जन धमला , सह-सचिबमा रोहित अाेझा, कोसाध्यक्षमा रबिन पाठक रहेका छन् ।  सदस्यहरुमा संगीता बस्नेत,गरिमा अधिकारी,निरज श्रेष्ठ, निर्मल निरौला ,यज्ञराज कडरिया र सन्जोग खरेल रहेका छन्  ।
२०७६ सालमा जिल्ला प्रसासन कार्यालय झापामा विधिवत रुपमा दर्ता भइ कृषि, पर्यटन, उधमशिलता, शिक्षा, मानवीय उद्घार कार्य क्षेत्रमा संस्था कृियसिल रहेकाे छ । सस्थापक अध्यक्ष सन्जय बस्नेतको अध्यक्षमा सम्पन्न कार्यक्रम को प्रमुख अतिथियता रेड्क्रस झापा जिल्ला अध्यक्ष लोकराज ढकालले गरेका थिए  भने विशेष आतिथ्यता  मानव अधिकार संजाल झापाका अध्यक्ष बिस्णु प्र. खरेल रहेका थिए  ।
सस्थागत अवधारणा सस्थापक सचिव द्वारिका निरौलाले राखेको  कार्यक्रममा वार्शिक प्रतिबेदन सस्थापक अध्यक्ष सन्जय बस्नेतले गरेका थिए  । कोषाध्यक्ष  रबिन पाठकले संस्थाकाे आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
खुल्ला सत्रको स्वागत मन्तब्य सस्थाकी सदस्य प्रमिला बजगाइले गगरेकी थिईन् भने कार्यक्रमको सन्चालन संगीता बस्नेतले गरेकी थिईन् ।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु