adv

उद्योगपति विनोद चौधरी कोरोना सङ्क्रमणबाट निको भए


काठमाडौँ, २९,भदौ ।
नेपालका उद्योगपति विनोद चौधरी कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । उनले आफ्नो आधिकारिक ट्विटरमार्फत आफू कोरोनामुक्त भएको जानकारी गराएका छन् ।

‘तपाईंहरुको उत्कट माया र प्रेरणाले मलाई १० दिनको एकान्तवासमा ठूलो उर्जा दियो। त्यही उर्जाकै कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु। मैले जीवनमा तपाईहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महशुस गर्छु। यहाँहरुको यस्तै माया पाइरहुँ, धन्यवाद!’, उनले ट्वीटरमा भनेका छन्।

उनलाई भदौ १२ गते कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको थियो। कोरोना देखिएपछि उनले आफू आइसाेलेसनमा बसेकाे ट्वीट गरेर जानकारी गराएका थिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु