adv

सुनको भाउ लगातार घट्ने क्रममा,आज पनि ३ सयले घट्यो

झापा,२१ भदौ । नेपाली बजारमा केहि दिन यता सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा आइतबार तीन सय रुपैयाँले घटेर ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरेहकको छ। शुक्रबार तेजाबी सुनको मूल्य ९५ हजार नौ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु