adv

विर्तामोडको विएण्डसी अस्पतालका ८ जना स्वास्थ्यकर्मीसहित १२ जनामा कोरोना संक्रमण

झापा,२१ भदौ । झापाको विर्तामोडमा रहेको विएण्डसी अस्पतालका ८ जना स्वास्थ्यकर्मीसहित १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार ४ जना त्यहाँ उपचाररत विरामीमा पनि संक्रमण देखिएको छ।

भदौ १८ गते १४ जनाको अस्पतालबाटै पीसीआर परीक्षणका लागि थ्रोड स्वाब नमूना संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रो बायोलोजी विभागमा पठाएको थियो । १४ मध्ये १२ जनाको रिपोट पोजेटिभ आएको हो ।

उनले संक्रमित सबै जना आइसोलेसनमा रहेकाले अस्पताल सुरक्षित रहेको जानकारी दिए।

अस्पतालको सेवा चालु अवस्थामा रहेको उनले बताए । संक्रमित स्वास्थ्यकर्मीमा अधिकांश नर्सिङ स्टाफ रहेको गिरीले बताए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु