
काठमाडौं । बलिउडकी चर्चित कलाकार मलाइका अरोरालाई कोरोना पोजेटिभ देखिएको छ।
मलाइकाकी बहिनी अमृता अरोराले मलाइकालाई कोरोना पोजेटिभ भएको बताएकी हुन्।हाल उनी आईसोलेसनमा रहेकी छिन् ।
आज आइतबार नै मलाइकाका प्रेमी अभिनेता अर्जुन कपूरलाई कोरोना पोजेटिभ देखिएको थियो। अर्जुनले आफू कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालबाट जानकारी दिएका थिए।
भारतमा पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्दो छ। पछिल्लो समय बलिउडका कलाकारलाई पनि कोरोना पोजेटिभ भएको खबरहरु बाहिरीएका छन्।
यो भन्दा पहिले भारतका दिग्गज अभिनेता अमिताभ बच्चनको परिवारलाई नै कोरोना संक्रमण भएको थियो।

