adv

नेकपा स्थायी कमिटी बैठक २६ गते बस्ने

झापा,२२ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले भदौ २६ गते स्थायी कमिटी बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्।

गत साउन १३ गतेदेखि अनिश्चितका लागि स्थगित भएको स्थायी कमिटी बैठक २६ गते बस्न लागेको हो। साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए।

सोही दिन अर्का अध्यक्ष प्रचण्डले ओलीइतर समूहका २९ जना स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा बैठक सञ्चालन गरेका थिए। त्यसपछि उत्कर्षमा पुगेको नेकपा विवाद साउन ३० गते कार्यदल बनेसँगै समाधानको दिशामा गएको थियो।

कार्यदलले दुई अध्यक्षलाई भदौ ६ गते प्रतिवेदन बुझाएको थियो भने भदौ १८ गते सचिवालयमा पेश भएको थियो।सोही प्रतिवेदनलाई  स्थायी कमिटीमा पेश गर्न लागिएको हो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु