adv
Advertise Expired !

पाँचथरमा आज ४ जना प्रहरीसहित ६ जना कोरोना संक्रमित थपिए

पाँचथर ।  पाँचथरमा आज  ४ जना  प्रहरीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत ३३ वर्षीय २ सहित तथा २६ र ३८ वर्षीय प्रहरीमा संक्रमण देखिएको हो ।

यस्तै पाँचथर अस्पताल फिदिमको भवन निर्माणमा खटिएका ३८ वर्षीय एक मजदुर र राँके घर भएका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ।

संक्रमित सबैलाई शिक्षा स्रोत केन्द्र भवनको आइसोलेसनमा राखिएको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथरमा साउन २४ गते विराटनगरबाट प्रहरी कर्मचारी सरुवा भएर आएसँगै प्रहरीमा कोरोना संक्रमण देखिन थालेको थियो । हालसम्म जिल्लामा ८ जना जनपथ र १ जना सशस्त्र गरी ९ जना प्रहरी कर्मचारी संक्रमित भइसकेका छन ।

संक्रमण पुष्टि भएका २१ मध्ये १३ जना निको भएर घर फर्केका छन भने ८ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु