adv

प्रदेश १ मा पाँचथरका ६,झापाका १५ जनासहित थप १५५ जनामा कोरोना संक्रमण

झापा,२२ भदौ । प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् ।  अहिले सम्मकै उच्च हो ।

मोरङमा ६७ जना संक्रमित थपिएका छन् भने सुनसरीमा ६६ जना थपिएका छन् । झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २० महिला र ३१ पुरुष छन् ।

मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला र २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै, सुनसरीको इनरुवामा २४ महिला र १८ पुरुषमा संक्रमण थपिएका छन् भने इटहरीमा ५ महिला र १० पुरुष छन् । यस्तै, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला र १ पुरुष छन् ।

झापाको कनकाईमा ७ महिला र ६ पुरुष छन् भने विर्तामोड र बा¥हदशीमा १–१ पुरुष रहेका छन् ।

पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १७७ पुगेको छ ।

प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर र बुढीगंगाका १–१ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । आजसम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

प्रदेश १ मा आज ५२ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आईसोलेसन, चतराबाट ३१, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगरबाट १०, विराट मेडिकल कलेज आईसोलेसनबा ५, कालिसदन आईसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु