adv

देशका केही ठाऊँमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ ।

अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा वर्षा भइरहेको  छ । मनसुनको न्यूनचापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ रहेकाले मौसम बद्ली भई वर्षा भएको मौसमविद्ले बताएका छन् ।

यस्तै अहिले स्थानीय वायुको समेत प्रभाव रहेकाले मौसम बद्ली भई केही ठाउँमा वर्षा भइरहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। आज काठमाण्डौ उपत्यकासहित गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले बताए। उनका अनुसार गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा अहिले पनि वर्षा भईरहेको छ ।

यसैगरी, राति पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यी क्षेत्रमा मेघगर्जनको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भोलि पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले  पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु