मेचीनगर, २३ भदौ । झापाको मेचीनगरमा आज थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमित मेचीनगर–६ स्थित काँकरभिट्टाका करिव ४८ वर्षीय पुरुष हुन् ।
श्रोतका अनुसार ज्वरो, खोकी लागेर ४÷५ दिनअघि विराटनगर स्थित नोवेल अस्पताल उपचार गर्न गएका थिए ।
नोवेलमा नै उनको स्वाबको नमुना संकलन गरिएको थियो । त्यहाँ एक दिन उपचार गरेर घर फर्किएका थिए ।
सोमबार फेरि ज्वरो कम नभएपछि भद्रपुर स्थित प्रादेशिक अस्पताल उपचार गर्न गएका थिए ।
उनको मङ्गलबार नोवेल अस्पतालबाट पीसीआरको रिपोर्ट पोजेटिभ आएको श्रोतले जनाएको छ ।
योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १२३ पुगेको छ ।

