काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ।
ज्वरो आएपछि गरिएको पिसिआर परीक्षणमा कोइरालामा संक्रमण पुष्टि भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए ।
यो कांग्रेसमा पहिलोपटक माथिल्लो तहका व्यक्तिमा देखिएको संक्रमण हो। उनी अहिले घरमै आइशोलेसनमा छन्।
धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा मंगलबार उनको स्वाब परीक्षण गरिएको हो।
कोइरालाका परिवार तथा सुरक्षाकर्मी गरी १९ जनाको स्वाब ललितपुरस्थित स्टार अस्पतालमा परीक्षणका लागि दिइएको छ।

