adv

नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमित संख्या ४९ हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ९१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु