झापा, २४ भदौ । झापामा आज बुधवार थप पाँच जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ । जसमा दुई महिला र तीन पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमित हुनेहरुमा शिवसताक्षी नगरपालिका वडा नं. ६ का दुई महिला, कन्काई नगरपालिका वडा नं.२ र ३ का दुई पुरुष, र मेचीनगर नगरपालिका वडा नं.६ का एक पुरुष रहेका छन् ।
आज थपिएका संक्रमितहरु सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ७१३ पुगेको छ । जसमा भद्रपुरमा ३५, मेचीनगर १२१, बिर्तामोड ४६, कनकाई ४८, अर्जुनधारा २४, दमक ११३, गौरादह १९, शिवसताक्षी १५, बुद्धशान्ति १७, हल्दिवारी १३, कचनकवल १४०, कमल ४३, गौरीगञ्ज ३०, बाह्रर्दशि २२, र झापाका १५ जना रहेको चौलागाईले बताए ।
हिजो सम्म झापामा ५२१ जना डिस्चार्ज भएर घर फर्की सकेको छन् भने कोरोनाबाट हाल सम्म झापामा ३ जनाको मृत्यु भइसकेको छ ।

