adv

मेचीनगरका थप ५ जना कोरोनाबाट निको भए,कुल संक्रमित १२३ जनामा १०९ जना निको

मेचीनगर, २५ भदौ । झापाको मेचीनगरमा आज थप ५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

मेचीनगरका ५ जना पुरुष विहीबार धाइजनको आइसोलेसन  वार्डबाट कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक नविन बरालका अनुसार आइसोलेसनबाट कोरोना संक्रमणबाट निको हुनेहरू  मेचीनगर –२ का ३ जना, मेचीनगर–७ का १ जना र मेचीनगर–१० का १ जना रहेका छन् ।

उनीहरूको १५ दिनअघि पीसीआरको रिपोर्ट पोजेटिभ आएपछि धाइजनको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो ।

योसँगै मेचीनगरमा कोरोनाबाट निको हुनेको संख्या १०९ पुगेको छ भने मेचीनगरमा हालसम्म कुल संक्रमित १२३ जना रहेको संयोजक बरालले बताए।

बाँकी १४ जनाको झापा, सुनसरी र विराटनगरको कोभिड अस्पतालमा उपचार भईरहेको  छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु