adv

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार नाघ्यो,आज थपिए १ हजार २४६ जना

झापा । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार चार सय ४६  पुगेकाे छ । गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ४४ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे ।

स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, उदयपुरका २, खोटाङका १, झापाका ११, पाँचथरका ४, भोजपुरका ३, मोरङका १६, संखुवासभाका २२, सुनसरीका २३, धनुषाका २७, पर्साका ११, बाराका १७, रौतहटका २, सप्तरीका ३५, सर्लाहीका ४२, सिरहाका १, काठमाडौँका ४९५, काभ्रेका ३६, चितवनका १८, दोलखाका ३, धादिङका ३, नुवाकोटका १ र भक्तपुरका ३४ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै मकवानपुरका ३५, रामेछापका २, ललितपुरका ४३, सिन्धुपाल्चोकका १, सिन्धुलीका १, कास्कीका २१, गोर्खाका १, तनहुँका ५, नवलपरासीपूर्वका ८, पर्वतका २, लमजुङका १, बागलुङका ९, स्याङ्जाका १२, कपिलवस्तुका ४४, गुल्मीका ७, दाङका ४, नवलपरासीका ३७, पाल्पाका २९, बर्दियाका १०, बाँकेका ७०, रुपन्देहीका ५१, रोल्पाका १, रुकुमपश्चिमका ६, सल्यानका ६, सुर्खेतका ५, कैलालीका २१, डोटीका १, बाजुराका १ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गएको २४ घण्टामा एक हजार आठ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३५ हजार सात सय पुगेको छ ।

अब नेपालमा १४ हजार चार सय ४८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच हजार आठ सय ६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु