झापा । झापामा बिहीबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार शिवसताक्षी नगरपालिकाका २ महिला र ३ पुरुष, कमल गाउँपालिकाका २ पुरुष, बाह्रदशी गाउँपालिकाका २ पुरुष र दमक नगरपालिकाका १ महिला रहेका छन् ।
यसैगरी अन्य संक्रमितहरू भारतबाट आएका हेटौंडा घर भएका १ पुरुष र भारतबाटै आएका मुगु घर भएका १ जना पुरूष रहेका छन् ।उनीहरूको स्वाब भद्रपुरबाट दिएको हो ।
संक्रमितमध्ये शिवसताक्षी, कमल र बाह्रदशीका सबै स्थानीयबासी हुन् ।दमक नगरपालिकाकी संक्रमित महिला भारतबाट आएकी चौंलागाईले वताए ।
योसंगै आजसम्म झापामा कुल संक्रमितको संख्या ७२५ पुगेको छ ।

