adv

प्रदेश न १ सहित अन्य ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डाै । आज प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि देशभर बादल लागेर गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानीसमेत परिरहेको र दिउँसो पनि देशभर बादल लागेर केही ठाउँमा सामान्यदेखि आंशिक पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । अहिले न्यूनचापीय  रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ तथा पश्चिम बंगालमा न्यूनचापीय क्षेत्र रहेको छ ।

आउँदाे तीन दिनसम्म मौसममा सुधार नहुने पनि महाशाखाले जनाएको छ । यसैबीच राति देशका केही ठाउँमा ठूलो पानी परेकाले बाढीपहिरो र डुबानको खतरा रहेको छ ।

राति नवलपरासी, रूपन्देहीको  सूर्यपूरा, बुटवल र आसपास, कपिलवस्तु, पोखरा, बाग्लुङ, पर्वत,म्याग्दी आसपास ठूलो वर्षा भएको र पहिराेकाे सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु