adv

सुनको भाउ तोलामा ३ सयले घट्यो

काठमाडौं, भदौ २६ गते । सुनको भाउ नेपाली बजारमा शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्यमा ३०० रुपियाँका दरले घटेको हो ।

शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ५०० सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ प्रतितोला कायम भएको हो ।

शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यासायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको मूल्यमा १३ सय १० रुपैयाँ प्रतितोला रहेको महासंघले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु