adv
Advertise Expired !

झापामा आज शुक्रबार थप १४ जनामा  कोरोना संक्रमण पुष्टि

दमक,२६ भदौ । झापामा आज शुक्रबार थप  १४ जनामा  कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार पछिल्लो २४ घन्टामा ९ महिला र ५ पुरुष गरि जम्मा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संकमित हुनेहरुमा  बिर्तामोडमा २ जना, मेचीनगरमा ३ जना र दमकमा ९ जना रहेका छन् ।  मेचीनगरका २ जना भारतबाट आएका हुन्  भने १२ जना स्थानीयमा कोरोना पुष्टि भएको चौलागाईले जानकारी दिए ।

 योसंगै झापामा जम्मा संक्रमितको संख्या ७ सय ३९ पुगेको छ । संक्रमित मध्ये ५ सय २५ जना उपचारपछि घर फर्किएका छन् ।

जिल्लामा ३ जनाको कोरोनाकै कारण मृत्यू भएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु