
मेचीनगर,२६ भदौ | बाहुनडाँगी जेसीजको आयोजना र नेपाल रेडक्रस सोसाईटि भद्रपुर शाखाको प्राविधिक सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ६ महिला र ३४ पुरुषगरी कुल ४० जनाले रक्तदान गरेका छन्।
जेसीजको १० औँ स्थापना दिवसका अवसरमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
जेसीजका सन् २०२० का अध्यक्ष सागर कार्कीले रक्तदान लगायतका अन्य सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।
जेसीजका पुर्व अध्यक्ष बद्री निरौलाले रक्तदान गरी कार्यक्रमको विधिवत उद्घाटन गरेका थिए । संकलित रगत नेपाल रेडक्रस सोसाईटिलाई हस्तान्तरण गरिएको छ । यसअघिका वर्षमा विविध कार्यक्रमसहित संस्थाले आफ्नो स्थावपना दिवस मनाउदैं आएको भएपनि वर्तमान परिस्थितीलाई मध्यनजर गरी रक्तदान कार्यक्रम गरिएको अध्यक्ष कार्कीको बताए ।
उनले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए।


