adv
Advertise Expired !

दमकमा थप ९ जनामा कोरोना पुष्टि,संक्रमितहरु ७ बर्षीय बालक देखि १०६ बर्षीय बृद्धसम्म

दमक,२६ भदौ । झापाको दमकमा आज ९ जना कोरोना संक्रमित थपिएका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पछिल्लो २४ घन्टामा  ३ पुरुष र ६ महिला गरि ९ जना संक्रमित थपिएका हुन् ।

संक्रमितहरु ७ बर्षिय बालकदेखि १०६ बर्षका बृद्धसम्म रहेका छन् । थपिएकामा दमक २ की २६ बर्षिया एक महिला, दमक ७ की ५२ बर्षिया र २० बर्षिया दुई महिला रहेकी छन् । त्यसैगरी दमक ९ का ३१, ५० र ७४ बर्षका तीन जना महिला र ७, ७० र १०६ बर्षका तीन जना पुरुष रहेका छन् । संक्रमण देखिएका बृद्ध भने दमक-९ का हुन् ।

यसअघि हिजो एक जना पुरुषमा संक्रमण देखिएको थियो । चार दिनअघि १०५ जनाको नमुना स्वाव संकलन गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईएको थियो । परीक्षणका लागि पठाईएकामध्ये १० जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए ।

आज नै संक्रमितहरुको सम्पर्कमा रहेका थप ९६ जनाको नमुना स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि प्रतिष्ठानको प्रयोगशालामा पठाईएको उनले बताए ।

योसंगै दमकमा कोरोना संक्रमितको संख्या १२९ पुगेको जनाइएको छ भने उपचारपछि निको हुनेको संख्या ९८ जना रहेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु