झापा ,२८ भदौ । सरकारले पीसीआर परीक्षणमा लाग्ने परीक्षण शुल्क घटाएको छ ।
आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब पीसीआर परीक्षणका लागि २ हजार शुल्क तिरेर मात्र गर्न सकिने जानकारी दिए।
उनका अनुसार अब निजी तथा सरकारी सबै प्रयोगशालाले पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ लिन पाउने छन्।
यसअघि सरकारले परीक्षण शुल्क ४ हजार ४ सय रुपैयाँ तोकेको थियो।

