adv

किरावि संघद्वारा पारूहाङ राईलाई १७ लाख बढी सहयाेग रकम हस्तान्तरण

सुनसरी, २८ भदौ । गोडाको हड्डी टुक्रिएर झर्ने रोग (ओष्टि ओमाइलिटिस) बाट पीडित पारुहाङ राईलाई किरात राई विद्यार्थी संघले १७ लाख बढी सहयोग रकम हस्तान्तरण गरेको छ । संघले सञ्चालन गरेको पारुहाङ राई बचाउ अभियानमा संकलन भएको १७ लाख ३२ हजार सात सय २३ रूपैयाँ रकम आईतबार हस्तान्तरण गरिएको हो ।

भोजपुरको रामप्रसादराई गाउँपालिका ४ ओख्रेका पारुहाङ राई केही समय अगाडिदेखि ओष्टि ओमाइलिटिस अर्थात् गोडाको हड्डी टुक्रिएर झर्ने रोगले पीडित रहेका छन् ।

यो रोग जटिल र दुर्बल रोग रहेको पीडितको भनाई रहेको छ । बुवा–आमाले सानैमा छाडेर गएका १४ बर्षीय पारुहाङ हाल आफन्तकोमा बस्दै आएका छन् ।

तत्कालका लागि भने पारूहाङ राई बचाउ अभियानमा आर्थिक रकम संकलन कार्य स्थगन गरिएको हो । एक कार्यक्रमकाबीच सहयोग अभियानलाई सहयोग गर्ने दाताहरूको नामवली सार्वजनिक गर्दै अभियान सम्पन्न गरिएको संघका सचिव अशोक राईले बताए ।

अभियान सञ्चालन गरेको दुई महिना अवधिमा एक सय ७३ जना भन्दा बढी दाताबाट सो रकम संकलन गरिएको संघका अध्यक्ष रामचन्द्र राईले बताए । उनले भने– हामी सामाजिक न्यायका लागि लड्दै आएका छौँ,’ आवश्यक परेमा हामी यो अभियानलाई अझै निरन्तरता दिनेछौँ ।

सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि समेत रहेका किरात राई यायाेक्खाका केन्द्रीय उपमहासचिव सुवासचन्द्र राईले विद्यार्थी संले सञ्चालन गरेकाे यस कार्य प्रशंसनीय रहेकाे बताए । उनले भने– किरात राई यायाेक्खाकाे भातृ संगठनहरूमध्ये अब्बल संगठनकाे रूपमा किरात राई विद्यार्थी संघ रहेकाे बताए । विभिन्न गतिविधिहरू गर्दै आइरहेकाे संघले सामाजिक मुद्दासँगै किरात प्रदेश नामकरणकाे आवाज उठाइरहेकाे छ ।

रकम हस्तान्तरण पछि सामुहिक तस्वीर

किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव सुबासचन्द्र राई, केन्द्रीय सदस्य द्वय कमला राई, बिमला राई, सामाजिक अभियानता समाजसेवी अन्यायको बिरोधी शिव वान्तावा राई किरात राई यायोक्खा पक्कली भासिका अध्यक्ष जे.आर. चाम्लिङ राई, इटहरी वडा ५, ७ का सचिव जेवि किरात, किरात राई सुम्निमा संघका इटहरी नगर अध्यक्ष बन्दना राई, राम कुमारी राई, माया राई लगायतको उपस्थिति रहेको थियो ।

पीडित बालकको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु गरिएको अध्यक्ष राईले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु