झापा,२८ भदौ । झापाको कमल गाउँपालिका–७ मा अहिले साँझ एक जना महिलाको हत्या भएको छ । स्थानीय मीरा ऋषिदेवको हत्या भएको हो । उनलाई २१ वर्षीय छोरा दिनेशले बञ्चरोले काटेर मारेको स्थानीयले बताएका छन् ।
इलाका प्रहरी कार्यालय दमकका डीएसपी बिजय पण्डितले मादकपदार्थ सेवन गरेर दिनेशले धारिलो हतियारले हानेर आमाको हत्या गरेको बताए । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गरेका हुन् ।
नशाको सुरमा उनले आमामाथि हतियार प्रहार गरेको स्थानीयले बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनास्थलमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

