adv

विश्वमा एकैदिन अहिलेसम्मकै उच्च संख्या ३ लाख ७ हजार बढीमा कोरोना पुष्टि

झापा ,२९ भदौ । विश्वमा एकैदिन अहिलेसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार आइतबार एकै दिन तीन लाख ७ हजार ९०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मृत्यु हुनेको संख्या ५५ सय भन्दा धेरैले बढेर विश्वभर कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९ लाख १७ हजार भन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा संक्रमित थपिएका हुन् । भारतमा आइतबार ९४ हजार भन्दा धेरै, अमेरिकामा ४५ हजार भन्दा धेरै तथा ४३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

डब्लुएचओका अनुसार विश्वभर कुल संक्रमितको संख्या दुई करोड ८६ लाख ३८ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारत र अमेरिकामा एक हजार भन्दा बढीको तथा ब्राजिलमा ८७४ जनाको कोभिड–१९ का कारण ज्यान गएको हो ।
पछिल्लो समय भारतमा दैनिक ९० हजार भन्दा बढी संक्रमित थपिने गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु