adv
Advertise Expired !

मौसम: देशका ६ वटा प्रदेशका विभिन्न ठांऊमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । आज कर्णालीबाहेक ६ वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र  सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यी प्रदेशका केही ठाउँहरुमा अहिले पनि पानी परिरहेको छ । आज दिउँसो पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।

देशका अरु ठाउँमा भने आज दिउँसो मौसम सामान्य बद्ली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । आज राति पनि प्रदेश नम्बर १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताए ।

ठूलो पानी पर्ने ठाउँमा बग्ने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा सडकमा जोखिम हुने भएकाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु