adv

कोरोनाबाट नेपालमा थप १५ जनाको मृत्यु,मृतक संख्या ३६० पुग्यो

झापा,२९ भदौ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँकी ६१ वर्षीया महिला, गोरखाकी ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला तथा कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको हो।

यसैगरी मोरङका ४० र ७० वर्षीय पुरुष, काठमाडौँका ७७, ६२, ७३, ८५ र ७० वर्षका पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष तथा रामेछापका २३ वर्षीय पुरुषको मृत्यु भएको हो। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु