काठमाडौं । सरकारले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि खुलाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन घोषणा भएदेखि बन्द रहेका लामो दूरीको यातायात र आन्तरिक उडान स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर सुचारु गर्न दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
यस अगाडि नै असोज १ गतेबाट यातायात चलाउने चेतावनी यातायात व्यवसायीले दिँदै आएका थिए। कोरोना संक्रमण बढ्दै जाँदा देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा रहेको छ।

