adv
Advertise Expired !

सुनको मूल्य लगातार उकालो ,प्रतितोला ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको मूल्य लगातार दोस्रो दिन उकालो लागेको छ । दुई दिनमै सुन तोलाको एक हजार रुपैयाँले बढेको हो ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय कायम भएको छ । सोमबार सुन ४ सयले बढेर तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

छापावाल सुनको भाउ बढ्दा मंगलबार तेजाबी सुन पनि ६ सयले नै बढेर ९७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अघिल्लो दिनभन्दा तोलाको २० रुपैयाँ महँगिएर मंगलबार चाँदी १३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु